कोरोना कहरमा शिक्षाः क्रमभङ्गको अवसर
आरके ढुंगाना

Article photo
RK Dhungana as a writer.

भनिन्छ, कुनै पनि संकट बाजा बजाएर आउँदैन तर कोरोना संकटको नेपाल सन्दर्भमा सम्भावित संकटको पूर्व सूचना र जानकारी थियो । आज जसरी विश्व कोरोनाका कारण अस्तव्यस्त र धरासायी छ, नेपाल पनि विश्व मानचित्रको एक सदस्यका नाताले जोखिमलाई सामना गरिरहेको छ । सवै क्षेत्रजस्तै शिक्षा क्षेत्र पनि कोरोनाको कहरमा परेको छ । विद्यालय÷विश्वविद्यालय बन्द छन्, भर्चुअल सिकाइले सवैलाई समेट्न सकिएको छैन्, विकल्पहरुको ठोस निचोडमा पुग्न सकिएको छैन्, नेपाल सरकारको नीति तथा कार्यक्रमको बुँदा नं. ७७ मा विद्युतीय शिक्षण सामग्री उत्पादन गरी अनलाइन शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइने र सबै सार्वजनिक माध्यमिक विद्यालय र क्याम्पसमा सूचना प्रविधि प्रयोगशाला र उच्च गतिको इन्टरनेट सुविधा र्पुयाइने प्रतिबद्धता व्यक्त गरिएको छ । आर्थिक वर्ष २०७७÷०७८ को बजेटको बुँदा नं. १६३ मा कोभिड –१९ को कारण पठनपाठनमा सिर्जना भएको अवरोधलाई दृष्टिगत गरी भर्चुअल कक्षा सञ्चालन, अनलाइन शिक्षा तथा टेलिभिजन एवम् रेडियो मार्फत नयाँ शैक्षिक सत्रको पठन पाठन अघि बढाइने कुरा बजेटमा उल्लेख छ । त्यसै गरी बजेटकै बुँदा नं. १६२ मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत शिक्षक तालिम, स्वयंसेवक शिक्षक परिचालन, विज्ञान प्रयोगशाला र सूचना प्रविधि मा जोड दिने कुरा उल्लेख छ । यद्यपी अझै आगामी दिनको यात्राको लागि आम रुपमा सवै भूगोल र परिवेशलाई समेट्ने गरि ठोस रणनीति र कार्यक्रम आउन सकेको छैन् । यसमा थप बहस र विकल्पहरुको खोजि गरिरहनुपर्दछ तर हामी सँधै पर्ख र हेरको अवस्थामा रहन सक्दैनौँ । हरेक बिपतले विनासमात्र निम्ताउँदैन त्यसले रुपान्तणको स्वर्णिम अवसर पनि प्रदान गर्दछ भनेझैँ अव सम्भावित विकल्पहरुमा जाने हिम्मत गर्नुपर्दछ ।
महामारीले हामीलाई शैक्षिक क्षतिमात्र गराएको छैन हाम्रा शिक्षा क्षेत्रको प्राथमिकता, शिक्षणका माध्यम, वितरण प्रणाली, विद्यालय शिक्षामा पूर्ननिर्माण र पूर्नगठनका लागि सुवर्ण अवसर प्राप्त भएको छ, जसको वैज्ञानिक व्यवस्थापन मार्फत शैक्षिक जगतको प्याराडाइज्मि सिफ्ट हुने देखिन्छ । नेपालमा पछिल्ला दिनहरूमा कोरोनाको फैलावट, जिल्लागत र सङ्क्रमित सङ्ख्यागत रूपमा बढ्दो ग्राफमा फैलिएको अवस्था महामारी नियन्त्रणलाई पर्खिने भन्दा पनि महामारीसँगै हाम्रा दैनिकीलाई समायोजित गर्दै पहिचान पहुँच, प्राथमिकता र प्राप्यता जस्ता सन्दर्भको बुद्धिमत्तापूर्ण उपयोग मार्फत विद्यालय शिक्षालाई कोरोना कहरका बिचबाट सञ्चालन गराई विद्यालय शिक्षालाई जीवन्त राख्नुको विकल्प छैन । संसारभर अहिले कोरोना महामारीका कारण आर्थिक, राजनैतिक, सामाजिक र सांस्कृतिक रूपमा क्षतविक्षत हुन गई गरिबी, बेरोजगारी र भोकमरी जस्ता समस्याबाट थिलथिलो परेको सन्दर्भमा शिक्षा क्षेत्र पनि कोरोना कहरबाट प्रताडित मात्र भएन कि शैक्षिक क्यालेन्डरको समेत क्रमभङ्गता भएको छ भने शिक्षा प्रणाली नै निष्प्रभावी र अनुत्पादक सिद्ध भएको छ ।
तर कोरोनाको कहरसँगै केहि अवसर पनि प्राप्त भएका छन् । डिजिटल युगमा पनि पुरातन शिक्षणलाई सर्वोपरि ठान्ने मौजुदा शैक्षिक जनशक्ति र स्क्रिनयुगिन सिकारुका बिचमा रहेको अन्तरलाई घटाउँदै स्किल अपडेट गर्ने, सिक्ने विद्यार्र्थी र सिकाउने शिक्षक दुवै पक्षलाई शिक्षण सिकाइका सवालमा प्रविधि मैत्री बन्नका लागि प्रेरित गरेको छ । समय परिवेशअनुसार आफूलाई अद्यावधिक गरी शिक्षण सिकाइका वैकल्पिक माध्यमको प्रयोग मार्फत सिक्न र सिकाउन तयारी हुनुपर्ने कुराको सकारात्मक सन्देश प्राप्त भएको छ । अभिभावक र विद्यार्थीहरुलाई अझ बढि जिम्मेवार र भविष्यप्रति चिन्ता गर्ने अवस्थामा ल्याइदिएको छ । सामाजिक संजाल र भिडियो गेमलगायतमा समय बर्वाद गर्ने परिपाटिलाई न्यूनीकरण गराउन पनि सहयोग गरेको छ । विभिन्न माध्यमबाट सिकाइलाई पनि निरन्तरता दिनु पर्ने रहेछ भन्ने चासो र सकारात्मक सोचको विकास भएको छ ।
अवको बाटो
क. शिक्षा प्रणाली भित्रको लर्निङ्गको प्याराडाइज्म सिफ्टलाई आत्मसाथ गरि परम्परागत, यथास्थितिको पक्षपोषण गर्ने र आउटडेटेड शिक्षण सिकाइ प्रक्रियालाई परिवर्तन गदैै उत्पादनलाई प्राथमिकतामा राखि शिक्षाको आधुनिकता र हाम्रो मौलिकताको प्रर्वद्धनमा सवैको ध्यान जानु पर्दछ ।
ख. पूर्वाधारको तयारी नगरि हामीले प्रविधीको उच्चतम अभ्यास गर्न सक्दैनौ । त्यसैले भच्र्युअल क्लास, भच्र्युअल स्कुल र भच्र्युअल युनिभर्सिटी जस्ता नवीनतम प्रविधिलाई शिक्षा नीति, योजना तथा कार्यक्रमबाट उचित सम्बोधनका लागि पर्याप्त बजेट तर्जुमा गर्न जरुरी छ ।
ग. शिक्षा क्षेत्रको प्राथमिकताको तय, शिक्षणका माध्यम, वितरण प्रणाली, विद्यालय शिक्षामा पूर्ननिर्माण र पूर्नगठनकाको विषयमा गहन बहसको सुरु गर्नुपर्दछ । आवश्यकता अनुसार मर्जरको नीतिलाई जोड दिने, परीक्षामुखी तथा निर्वाहमुखी शिक्षालाई कर्ममुखी र व्यवहारिक बनाउन पाठ्यक्रमलाई आमुल परिवर्तन गर्नुपर्दछ ।
घ. घोकन्ते विद्या, चकडस्टर मोडेल तथा फेस टू फेस शिक्षण पद्धतिको विकल्पमा नगई शिक्षामा क्रमभङ्क हुन सक्दैन्, त्यसले पूरातन तथा निस्प्रभावी शिक्षणसिकाइलाई परिवर्तन गरि इन्टरनेटमा आधारित सिकाइका लागि सबल संयन्त्र तथा जनशक्तिको क्षमता विकास गर्ने तर्फ ध्यान केन्द्रीत गर्दै शिक्षामा नवीनतम प्रणालीलाई प्रोत्साहन गर्नुपर्दछ ।
ङ. भत्ता र समय कटाउने तर सिप विकासलाई शिक्षणक्रियाकलापमा जोडुन नसक्ने तालिमका कमजोरीलाई सुधार गरि समयको गतिसँगै शिक्षकहरुको पेशागत विकास गर्ने कार्यान्वयनमूखी तालिमको ढाँचा तयार गरि हाल चलिरहेका विभिन्न तालिमका मोडललाई रिफ्रेमिङ र रिस्ट्रक्चरिङ गरौँ ।
च. संकट आजमात्र होइन् भोलि पनि आउन सक्छ, त्यसैले शिक्षा प्रणालीभित्र प्रोएक्टिभ ढङ्गले आफ्नो क्षेत्रको जोखिम पहिचान गर्न सक्ने मानव संसाधन उत्पादन र प्रभावकारी संयन्त्रको संस्थागत विकासका लागि रणनीति, कार्यक्रम र कार्यान्वयनमा जोड दिऔँ । शिक्षा क्षेत्रको जोखिमको पहिचान, प्रभाव विश्लेषण , जोखिम आङ्कलन गर्दै सवैको सहभागीतामा आगामी बाटो तय गरौँ । शैक्षिक जोखिम व्यवस्थापनमा जोखिम न्यूनीकरण योजना, सबल प्रतिकार्य योजना निर्माण तथा प्रभावकारी कार्यान्वयनमा जोड गरौँ ।
छ. नयाँ कामका लागि जहाँ पनि उत्प्रेरणाको खाँचो पर्दछ । त्यसैले लगनशील विद्यार्थी, समर्पित र तालिम प्राप्त शिक्षक, जिम्मेवार व्यवस्थापन, उत्तरदायी अभिभावक र प्राज्ञिक वातावरणलाई अझ धेरै उत्प्रेरित गरौँ ।
ज. राज्यका सवै क्षेत्र र अङ्गमा पूर्ण गुणस्तर व्यवस्थापनको विश्वव्यापी मान्यता र अभ्यासको अध्ययन गरि कार्यान्वयन गरौँ ।
झ. शिक्षा क्षेत्रको प्राथमिकता र लगानी लाई जोखिम मैत्री बनाउदै नवप्रवद्र्धन र उत्पादन तथा राष्ट्रिय पूँजीको वृद्धि र विकास गर्ने गरि वातावरण बनाउन तर्फ जोड गरौँ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरस तत्काल समाधान भइ हाल्ने अवस्था देखिँदैन्, केहि समय नियन्त्रणमा आएपनि दोस्रो, तेस्रो लहर आउन सक्छ भन्ने विभिन्न अनुसन्धानले देखाएको छ । त्यसैले कोरोनासँगै समायोजित भएर, विभिन्न सावधानी अपनाएर शिक्षा क्षेत्रमा पनि अघि बढ्नुको विकल्प छैन् । यस सन्दर्भमा विद्यालय देखि विश्वविद्यालयसम्मका शिक्षण क्रियाकलापहरू पनि महामारी सँगसँगै सञ्चालन गरी शैक्षिक क्षति न्यूनीकरण गर्नुको विकल्प छैन । हाम्रा शैक्षिक गतिविधिलाई जीवन्त राख्न र शैक्षिक जोखिमलाई केही हदसम्म भए पनि न्यूनीकरण गर्न तत्काल निम्न गतिविधि सञ्चालन गर्न सकिन्छ ।
क. विद्यालयलाई सुरक्षित तवरले शिफ्ट प्रणालीबाट अगाडि बढाउन कार्यविधी तयार गर्दै एकीकृत शिक्षण प्रणालीलाई आत्मसाथ गरि दिनभर गरिने शिक्षण क्रियाकलापलाई दुई देखि तीन घण्टामा घटाउन सकिन्छ । बैकल्पिक विधीलाई पनि अपनाउँदै प्रत्यक्ष सहभागीतामा हुने शिक्षण क्रियाकलापलाई पनि सुरु गर्नुपर्दछ । विकल्पमा तत्काल पठनपाठन सुचारु गर्न सवै स्थानीय तहले साधन स्रोतको उपलब्धता र औचित्यताका आधारमा उपलब्ध भएसम्म मौजुदा शिक्षकको उपयोग नभए प्रत्येक टोल टोलमा शैक्षिक बेरोजगारलाई स्वयंसेवक शिक्षकको रूपमा नियुक्त गरी पठनपाठनलाई निरन्तरता दिने प्रबन्ध गर्न सकिन्छ । प्रदेशले शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट प्राप्त सामग्रीहरू प्रदेशस्तरीय रेडियो, एफ एम र टेलिभिजन मार्फत प्रसारणको व्यवस्था मिलाउने । शिक्षकको क्षमता विकास, मनोपरामर्श र अभिभावकका लागि होम स्कुलिङ्ग सञ्चालन गर्ने प्रबन्ध गर्न सकिन्छ ।
ख. महामारीका कारण प्रभावित शिक्षण क्रियाकलापलाई सुचारु गर्न सामुदायिक संस्थागत र धार्मिक विद्यालयको तथ्याङ्कीय अवस्थालाई चुस्त र विश्वसनीय बनाउँदै छोटो समयमा विद्यार्थी भर्ना सम्पन्न गरि राज्यका सवै संयन्त्र उपयोग गर्दै प्रत्येक विद्यार्थीको हात हातमा पाठ्यपुस्तक पुग्ने वातावरणको सुनिश्चितता गर्नुपर्दछ ।
ग. पाठ्यपुस्तक सबैको हातमा र्पुयाइ सकेपछि स्व–अध्ययनका लागि विद्यार्थीलाई प्रेरित गर्र्दै. महामारीका कारण गुमेको शैक्षिक सत्रहरूलाई प्रक्रियागत सुचारु गर्न पहुँच, प्राप्यता, सान्दर्भिकता र सामथ्र्यताका आधारमा वैकल्पिक माध्यमको उपयोग मार्फत घरमै बसी शिक्षणात्मक क्रियाकलाप सञ्चालन गर्ने तर्फ विद्यार्थी र अभिभावकहरुलाई पर्याप्त अभिमुखीकरण गरौँ । वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ ले शिक्षण पहुँचका हिसाबले वर्गीकरण गरेको ५ वटा सिकाइ समुहरु ९सबै किसिमका प्रविधिको पहुँचभन्दा बाहिर रहेका, रेडियो र एफ एम मा पहुँच भएका, टेलिभिजनमा पहुँच भएका, कम्प्युटर भएका तर अनलाइन कनेक्टिभिटी नभएको र इन्टरनेट तथा सूचना सञ्चार प्रविधिको साधनमा पहुँच भएका विद्यार्थीको पहिचान गरी यथार्थ विवरण अद्यावधिक गर्दै उपलव्ध साधन स्रोतको अधिकतम उपयोग गरि सिकाइलाई अगाडि लानुपर्दछ । प्रत्येक स्थानीय सरकारले उपलब्ध तथ्याङ्कको वस्तुगत अध्ययन गरी कुन सिकाइ समूहका विद्यार्थी कति छन् र आफ्नो सामथ्र्यका आधारमा कुन उपयुक्त वैकल्पिक माध्यमबाट सिकाइलाई निरन्तरता दिन सकिन्छ तत्काल कार्यान्वयनका लागि टिम बनाउने र परिचालन गर्ने गर्नुपर्दछ । वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहरीकरण निर्देशिका, २०७७ ले वर्गीकरण गरे अनुरूप जहाँ सबै किसिमका प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी छन् त्यहाँ स्थानीय तहले तत्काल टोल सर्वेक्षण गरी जहाँ महामारीको प्रभाव कम छ त्यस्तो स्थानमा ३०–४० जना विद्यार्थीको समूह बनाइ कन्ट्याक्ट सेशन मार्फत टोल शिक्षण विधि अवलम्बन गरी शिक्षण क्रियाकलाप सञ्चालन गर्ने, कन्ट्याक्ट सेशनमा कम्तीमा पनि ३ र४ वटा सेशन सञ्चालन गरिसके पछि विद्यार्थीलाई १ हप्ताको प्रोजेक्ट वर्क दिने र त्यसको समीक्षा गर्ने गरेर पनि जान सकिन्छ । जुन ठाउँमा रेडियो र एफ एम को पहुँचमा विद्यार्थी छन् त्यहाँ स्थानीय सरकारले रोष्टर शिक्षकको व्यवस्था गरी निश्चित क्रेडिट आवरमा निश्चित विषयको पठन पाठन सञ्चालनको व्यवस्था मिलाउने र यसको थप प्रचार प्रसार र प्रभावकारीताका लागि स्थानीय पत्रकार, शिक्षाविद् बुद्धिजीवीलाई परिचालन गर्ने गरी व्यवस्था मिलाउने । जुन क्षेत्रका विद्यार्थी टेलिभिजनको पहुँचमा छन, सिकारुका लागि भच्र्यअल क्लास लाई पनि सँगै लान सकिन्छ । कम्प्युटरको पहुँच छ तर इन्टरनेटको सुविधा छैन त्यस्ता खालका सिकारुका लागि अफलाइन मोडका श्रव्य, श्रव्य दृश्य, सिडी लगायतका शिक्षण प्याकेज तयारी गरी सिकारुको हातमा पु¥याई प्रयोगका लागि विद्यार्थीलाई सहजीकरणको प्रबन्ध गरौँ । इन्टरनेट तथा सूचना सञ्चार प्रविधिको साधनमा पहुँच भएका विद्यार्थी समूहको पहीँचान गरी तत्काल उक्त समूहका विद्यार्थीलाई अनलाइन मार्फत विद्यार्थी र शिक्षक दुवैको क्षमता विकासमा सहजीकरण गरी अनलाइन क्लास, भर्चुअल क्लास र जुम मिटिङ को उपयोग गरी शिक्षण क्रियाकलापलाई निरन्तरता दिने व्यवस्था मिलाउनुपर्दछ ।
विवाद, चासो र चिन्ताको समयमै सम्बोधन
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले सवै देशमा सवै क्षेत्रमा संकट पैदा गरेको छ । अहिलेको अवस्थामा नेपालको मात्र होइन् विश्वभरिका सवै मुलुकका सरकारहरु चलेर मात्र हुने अवस्थामा छैनन् । आफ्नो गतिलाई प्रभावकारी र परिणाममूखी तरिकाले बढाउनुपर्ने देखिन्छ । आम नागरिकलाई सरकार छ भन्ने अनुभूति दिलाउँदै विभेदकारी होइन् समानता र आवश्यकताका आधारमा नीति, कार्यक्रम र बजेटको व्यवस्थापन गर्नु पर्दथ्यो । तर सरकारको आ.व. २०७७÷७८ को नीति, कार्यक्रम र बजेटलाई मूल्याङ्कन गर्दा सरकार चुकेको देखिन्छ । अहिले नेपालमा आम नागरिक सरकारको नायकीपनको अपेक्षामा छन्, नालायकीपनको होइन् । दुई तिहाइ मतबाट बनेको शक्तिशालि सरकारका सवै संयन्त्र एकसाथ सक्रिय होऊन्, एकअर्कामा पर्याप्त समन्यव गरेर कार्य सम्पादन गरुन्, जसले गर्दा परिणाम देखियोस्, सरकार संचालन प्रभावकारी र जनमूखी होस् भन्ने अपेक्षा गर्नु स्वभाविक पनि हो । मानवताको दृष्टिले हेर्दा राज्यकै परस्पर विरोधी नीति र कार्यक्रमले वर्गीय खाडल बढ्दै जानु भोलिका दिनका लागि अझ खतरनाक देखिन्छ । शिक्षामा राज्यको भूमिकाका बारेमा प्राज्ञिक दृष्टिकोणका आधारमा भन्नुपर्दा कहिले नीजि शिक्षालाई आवश्यकता भन्दा बढि जोड दिने नीतिले विगा¥यो जसले सामुदायिक शिक्षालाई घरासायी बनायो । हालको परिप्रक्ष्यमा भन्नुपर्दा कोरोनाको संकटमा राहतको आश गरेका नीजि शैक्षिक संस्थाहरुलाई बेवास्था गर्दै फेरि राज्यले अर्को गल्ती गर्न खोज्दैछ । नीजि शिक्षालाई कोरोना संकटका वीच राज्यले सौतेनी व्यवहार गरेको आरोप लागेको छ । वर्तमानलाई विश्लेषण गर्दा राज्य सम्पूर्ण रुपमा शिक्षाको जिम्मा लिने अवस्थामा छैन् । शिक्षाको उत्थानमा भलै व्यापारिक स्वार्थ बढि देखिएको नै किन नहोस्, नीजि शैक्षिक संस्थाहरुको पनि ठुलो भुमिका छ, जुन नजरअन्दाज गर्न मिल्दैन् । राज्यबाट उचित व्यवस्था नहुने हो भने विशेषगरी निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरूको अनपेक्षित रूपमा क्षति वृद्धि भई यसको दीर्घकालमा नकारात्मक प्रभाव पर्ने हुँदा जसको मारमा विद्यार्थी र अभिभावक समेत पर्ने अवस्था रहन्छ ।

अन्त्यमा, संकटमा एकले अर्कालाई धारेहात लगाउँने, पेलेर जाने, विभेद गर्ने, विवादमा रुमल्लिने गर्दा झन अवस्था नाजुक बन्न पुग्छ । त्यसैले सवैको सहअस्तित्व स्विकार्दै सहकार्य र सहयोगका आधारमा शिक्षा क्षेत्रको समग्र उत्थानमा लाग्नुको विकल्प छैन् । संकटले हालसम्म चलिरहेका यथास्थिति सोच, विचार र प्रक्रियालाई रुपान्तरण गर्ने, मानसिक पूर्नसंरचना गरि शिक्षामा पनि आमूल परिवर्तन र क्रमभंग गर्ने अवसरलाई बेलैमा चिनौँ । पर्याप्त बहस गरौँ । वाद्ते वाद्ते जाय्ते तत्ववोध सँगै एक्शनमा जाऔँ । सकारात्मक परिवर्तनले हामीलाई पर्खिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *